सिलगढीको ईस्टन बाइपासस्थित डम्पिङ ग्राउन्डमा आगलागी

सिलगढी : सिलगढीको ईस्टन बाइपासस्थित डम्पिङ ग्राउन्डमा गत राति आगलागी हुँदा यसले भयानक रूप धारण गर्यो। प्राप्त जानकारी अनुसार हिजो राति लगभग 9 बजी स्थानीय मानिसहरूले डम्पिग ग्राउन्डबाट आगो साथै धुवाँ निस्केको देखेपछि तत्कालै दमकल विभागलाई खबर दिए। घटनाको खबर पाएर दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगे तापनि उक्त आगोले भयानक रूप धारण गरेर आगो पुरै डम्पिग ग्राउन्डमा फैलिएको थियो। दमकल कर्मीहरूले कठोर प्रयास गरेर उक्त आगोलाई नियन्त्रणमा ल्याउने प्रयास गरे तापनि आगोले भयानक रूप धारण गरेकोले गर्दा दमकलको अझै एउटा इञ्जिन घटस्थलमा पुगेर धेरै समयको कठोर प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। के-कारणले गर्दा उक्त आगलागी भएको भन्नेबारे हालसम्म थाहा नलागेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *