सिलगढीको एउटा गेस्ट हाउसमा पुलिसको छापामार, मालिक सहित 9 पक्राउ, 6 युवती उद्धार

सिलगढी : प्रधान नगर थाना पुलिसले गत राति चम्पासारी संलग्न कृष्णा गेस्ट हाउसमा अभियान चलाएर देह व्यापार चलाएको आरोपमा गेस्ट हाउसका मालिक र म्यानेजरसहित 9 जना व्यक्तिलाई पक्राउ गरेको छ। यसको साथै  पुलिसले 6 जना युवतीलाई पनि उद्धार गरेको छ। पक्रा परेकाहरूमा गेस्ट हाउसका मालिक अदृश्य कुमार शाह, म्यानेजर शम्भू नाथ ठाकुर, बिहारको शिवहर निवासी नितेश कुमार झा, पिन्टु कुमार झा, रमण कुमार झा, धीरेन्द्र कुमार झा, किशनगञ्ज निवासी रवि शंकर गणेश, नासिर जमाल र बानरहाट निवासी हरि कार्की सामेल छन्। यसको साथै पुलिसले अलिपुद्वारको दुईजना, कोलकाताको दुईजना, किशनगञ्जको एकजना र नक्सलबारी निवासी एकजना युवतीलाई उद्धार गरेको छ। पुलिसले गेस्ट हाउसबाट आपत्तिजनक सामग्रीहरू पनि उद्धार गरेको छ। प्रधान नगर थानाका आईसी शुभाशीष चाकीले दिएको जानकारी अनुसार प्रधान नगर पुलिसले चम्पासारी संलग्न कृष्णा गेस्ट हाउसमा अश्लील क्रियाकलाप भइरहेको गोप्य सुइँको पाएपछि उक्त गेस्ट हाउसमा छापामारी अभियान चलाएर केही जोड़ीहरूलाई आपत्तिजनक अवस्थामा भेट्टाएको बताइएको छ। पक्रा परेका 9 जना व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *