सिलगढीको एउटा हार्डवेयर दोकानमा चोरी

सिलगढी (निसं)। ईस्टर्न बाइपास इलाकामा गत अबेर राति एउटा हार्डवेयर दोकानको टिनको सेड काटेर हजारौँ रुपियाँको समानहरू चोरी गरेको घटना प्रकाशमा आएको छ। आज बिहान ईस्टर्न बाइपास इलाकास्थित एउटा हार्डवेयर दोकान खोल्दा मालिकले दोकानमा चोरी भएको थाहा पाए। चोरले दोकानको टिनको सेड काटेर दोकानबाट सीसीटीभीको डीभीआर, क्यास बक्समा राखेको रुपियाँ, केही मूल्यवान समान चोरी गरेको बताइएको छ। यसपछि दोकानका मालिकले घटनाबारे पुलिसलाई खबर दिएपछि आशीघर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *