सिलगढीको एउटा होटलमा देह व्यापार चलाएको आरोपमा मालिक सहित 8 जना पक्राउ

सिलगढी : डिटेक्टिभ डिपार्टमेन्ट (डीडी)-को टोलीले आज सिलगढीको एउटा होटलमा चलिरहेको देह व्यापारको धन्दाको उजागार गरेको छ। यस मामिलामा डीडीको टोलीले मोठ 8 जना व्यक्तिलाई पक्राउ गरेको छ भने 6 जना युवतीलाई उद्धार गरेको बताइएको छ। पक्रा परेकाहरू क्रमैले सजल चक्रवर्ती, सुदीप चक्रवर्ती, प्रशन्त सरकारसौमिक च्याटर्जी, अनिल सिंह, गजानन कोल्हापुर लगायत होटल मालिक मनी पालस्टाफ सुहान राय‌ सामेल छन्। उद्धार गरेको 6 जना युवतीहरूमध्ये दुईजना साउथ 24 परगना, एकजना  बिहार, एकजना कुचबिहार, एकजना उत्तर दिनाजपुर र एकजना नर्थ 24 परगना निवासी रहेको बताइएको छ। पक्रा परेका 8  जना व्यक्ति विरुद्ध इम्मोरल ट्र्याफिकिङ अन्तर्गत मामला दर्ता गरेर आज अदालतमा पेश गरियो। प्राप्त जानकारी अनुसार भिन्न राज्य तथा भिन्न जिल्लाबाट युवतीहरूलाई रुपियाँको प्रलोभन देखाएर सिलगढीमा ल्याएपछि विधान मार्केटस्थित एउटा होटल एम्पीसमा देह व्यापारको धन्दा चलाउने गरेकोबारे खबर पाएपछि डीडी-को टोलीले गोप्य रूपमा विधान मार्केटस्थित उक्त होटलमा छापामारी अभियान चलायो। उक्त अभियान अवधि डीडी टोलीले होटलबाट 6 जना युवतीलाई उद्धार गर्नको साथै होटल मालिक र स्टाफ लगायत 8 जना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *