सिलगढीको एउटा लजमा छापामार अभियान चलाएर पाँचजना व्यक्ति पक्राउ, 4 युवती उद्धार

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको सिलगढी थाना पुलिसले सिलगढीको एउटा लजमा चलिरहेको देह व्यापारको उजागार गरेको छ। डीसीपी ईस्टको नेतृत्वमा सिलगढीको हिलकार्ट रोडस्थित ओमकार लजमा गत राति उक्त छापामारी अभियान चलाएर पुलिसले लजका म्यानेजरसहित 5 जना व्यक्तिलाई पक्राउ गरेको छ। यसको साथै लजबाट 4 जना युवतीलाई पनि उद्धार गरेको छ। पक्रा परेकाहरू सबै बिहारको अररिया जिल्लाको फारबिसगञज निवासी  अखिलेश कुमार मण्डल (34), दीपक कुमार (31), मिन्टु कुमार र बिजय कुमार सिंह (31) सामेल छन् भने पक्रा पर्ने लजका म्यानेजर कुचबिहारको हल्दीबारी निवासी मोहम्मद मुस्तफा (35)-को रूपमा चिन्हित गरिएको छ। पक्रा परेका सबै आरोपीहरूलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *