सिलगढीको एउटा नर्सिङ होमलाई ब्ल्याक लिस्ट गरिनुपर्ने मागमा ज्ञापन

सिलगढी : हाल कोरोना संक्रमितहरूलाई अस्पतालमा भर्ना गर्ने विषयलाई लिएर निक्कै समस्या भइरहेको छ। रेलवे मजदुर युनियनको तर्फबाट सिलगढीको एउटा नर्सिङ होमलाई ब्ल्याक लिस्ट गर्नुपर्ने माग गरेको छ। युनियनले लगाएको आरोप अनुसार उक्त नर्सिङहोमको रेलवे विभागसित सम्झौता भए तापनि अस्पताल कर्तृपक्षको कारणले कोरोना संक्रमितलाई अस्पतालमा भर्ना गर्नमा निक्कै समस्या सृष्टि भइरहेको छ। यसैले गर्दा चिकित्साको अभावमा न्यु जलपाईगढी इलाकाका धेरैजना रेलवे कर्मचारीहरूको मृत्यु भइसकेको छ। संगठनका सह सचिव परितोष पालले बताएअनुसार रेलवे विभागसित सम्झौता भए तापनि उक्त नर्सिङहोममा उपचारको लागि कोरोना संक्रमितहरूले धेरै असुविधाको सामना गर्न परिरहेको छ। यसैले उक्त नर्सिङ होमलाई चाँडै ब्ल्याक लिस्ट गरिनुपर्ने माग गर्दै आज रेलवे मजदुर युनियनका सदस्यहरूले रेलवे अस्पतालका सीएमएस विभागका अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *