सिलगढीको फ्ल्याटबाट महिलाको सडेको अवस्था मृतदेह उद्धार

सिलगढी : सिलगढीको बाबुपाड़ास्थित एउटा फ्ल्याटबाट एउटी महिलाको सडेको-गलेको अवस्थामा मृतदेह उद्धार भएको छ। स्थानीय मानिसहरूको भनाइअनुसार 27 नम्बर वार्डको वाईएमए मैदान नजिक एउटा फ्ल्याटमा तापसी भट्टाचार्य भाडामा बस्दै आइरहेकी थिइन्। केही दिनदेखि उक्त फ्ल्याट छेउका मानिसहरूलाई कुहिएको गन्ध आएपछि तिनीहरूले यसबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर आज दिउँसो सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर उक्त फ्ल्याटको खोलेर हेर्दा ओछ्यानमा तापसीको सडेको-गलेको अवस्थामा मृतदेह उद्धार गरेको बताइएको छ। अस्वस्थ भएको कारण तिनको मृत्यु भएको हुनसक्ने अनुमान लगाइएको छ। पुलिसले मृतदेह उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *