सिलगढीको फुटपाथमा रक्तदान शिविरको आयोजना

सिलगढी :  देशभरि नै कोरोना भाइरसलाई लिएर मानिसहरू आतङ्कित बन्न पुगेका छन्। यस अवधि सिलगढीको अस्पतालहरूमा खुनको कमी देखा परिरहेको छ। यसैलाई केन्द्र गरेर स्वयम्‌सेवी संगठनले आज सिलगढीको अस्पताल मोडको फुटपाथमा एउटा रक्तदान शिविरको आयोजना गर्यो। यस शिविरमा धेरैजना मानिसहरूले रक्तदान गरे। शिविरमा सङ्ग्रह गरिएको रगत सिलगढी जिल्ला अस्पतालमा पठाइने संगठनका सदस्यहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.