सिलगढीको फूलबाड़ीबाट 1 करोड रूपियाँको ब्राउन सुगर सहित असमका बिष्णु शर्मा पक्राउ

सिलगढी: मादक तस्करी रोक्नको लागि एसटीएफलाई फेरि एकपल्ट ठूलो सफलता हात लागेको छ। एसटीएफ टीमले गत राति फूलबाड़ी नजिकबाट लगभग 1 करोड रूपियाँ मूल्यको ब्राउन सुगर सहित असमको तीनसुकिया निवासी बिष्णु शर्मालाई पक्राउ गरेको छ। एसटीएफ सूत्रले दिएको जानकारी अनुसार विष्णु शर्माले गत राति मणिपुरबाट विशेष क्वालिटीको ब्राउन सुगर एउटा ब्यागमा हालेर लुकाएर बसमा असमदेखि सिलगढी ल्याइरहेका थिए। उक्त ब्राउन सुगर सिलगढी हुँदै नेपालमा तस्करी गरिने तिनको योजना रहेको थियो तर यस भन्दा अगावै एसटीएफको टीमले तिनलाई पक्राउ गरेको छ। एसटीएफ टीमले गोप्य सूचना पाएकोले गर्दा नै असमबाट आइरहेको यात्रुवाहक बसलाई फूलबाड़ीमा रोकेर छानबिन गरेको बताइएको छ। छानबिन अवधि बसमा बसेका विष्णु शर्माको ब्यागभित्र मोठ 6 किलो 780 ग्राम ब्राउन सुगरको प्याकेट भेट्टाइएपछि तिनलाई पक्राउ गरियो। उक्त ब्राउन सुगरको बजार मूल्य 1 करोड़भन्दा अधिक रहेको बताइएको छ। आज आरोपीलाई सिलगढी अदालतमा पेश गरियो। एसटीएफ टीमले घटनाको जाँच गरिरहेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *