सिलगढीको फुलबारीमा ‘चिया चर्चा’ कार्यक्रममा दिलीप घोष 

सिलगढी : भाजपाको राज्य अध्यक्ष दिलीप घोषले आज सिलगढी संलग्न फुलबारीमा चिया चर्चा कार्यक्रममा अंश ग्रहण गरे। यस अवधि तिनले भाजपाका नेता तथा कार्यकर्ताहरूसित धेरैवटा विषयमाथि चर्चा-परिचर्चा गरे। यस अवसरमा तिनले तृणमूल कङ्ग्रेसको खोइरो खन्दै तृणमूल कङ्ग्रेसले नै पश्चिम बंगालमा गोली र बम प्रचलनमा ल्याएर राजनीति गरेको आरोप लगाए। साधारण मानिसहरू तृणमूलको यस प्रकारको नीतिबाट छुटकारा पाउन चाहेकोले गर्दा नै तिनीहरू आज भाजपामा सामेल भइरहेका छन्। यसको साथै तिनले तृणमूल कङ्ग्रेस समाज विरोधी पार्टी रहेको आरोप लगाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *