सिलगढीको फुलबारीमा एकजना बङ्ग्लादेशी नागरिक पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले गोप्य सूचनाको आधारमा फुलबारी इलाकामा अभियान चलाएर एकजना बङ्ग्लादेशी नागरिकलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति बङ्ग्लादेशको शेरपुर थाना इलाका निवासी चञ्चल दासको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार चञ्चल दासले बङ्ग्लादेशको बगुड़ा जिल्लाको जगन्नाथपुर इलाकाबाट अवैध रूपमा भारत प्रवेश गरेर गत तीन-चार महीनादेखि यहाँको फुलबारी इलाकामा बस्दै आइरहेका थिए। यसको साथै तिनले मतदाता सूचीमा आफ्नो नाम दर्ता गराउने अनि आधार कार्ड बनाउने प्रयास गरिरहेको बताइएको छ। बङ्ग्लादेशी नागरिक चञ्चललाई आज जलपाईगढी अदालतमा पेश गरियो। चञ्चल दास कसको सहयोगमा भारत प्रवेश गरेको भन्नेबारे पुलिसले जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *