सिलगढीको गेट बजारमा कोरोनाबारे जागरूकता शिविर

सिलगढी : सिलगढी गेट बजारको युवा भारती वेलफेयर अर्गानाइजेशनको तर्फबाट क्लब परिसरमा कोरोना महामारीलाई लिएर एउटा जागरूकता शिविरको आयोजना गरियो। उक्त शिविरमा वरिष्ठ चिकित्सक डा. शङ्क सेन, डा. कल्याण खान, डा. एसएस साहाको उपस्थितिमा कोरोनाबारे साधारण मानिसहरूलाई जागरूक गराइयो। उक्त जागरूकता शिविरमा दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसका अध्यक्ष रञ्जन सरकार, एसजेडीएका भाइस चेयरम्यान नान्टु पाल, पर्यावरण प्रेमी अनिमेष बसु र क्लबका सचिव मृदुल चक्रवर्ती लगायत अन्य मानिसहरू उपस्थित थिए। यसको साथै शिविरमा सिलगढी नगरनिगमको 31 र 32 नम्बर वार्डका सफाई कर्मीहरूलाई रेनकोट, पञ्जा लगायत अन्य सुरक्षा सामग्री र मिठाईको प्याकेट प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *