सिलगढीको गेट बजार संलग्न नवग्राम इलाकाको बाँसघारीमा आगलागी

सिलगढी : सिलगढीको गेट बजार संलग्न नवग्राम इलाकामा रहेको बाँसघारीमा आगो लागेको घटना प्रकाशमा आएको छ। दमकलको इञ्जिन समयमै घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याएकोले यसको छेउछाउमा रहेको धेरैवटा घरलाई आगो लाग्नबाट जोगिएको बताइएको छ। प्राप्त जानकारी अनुसार गेट बजार संलग्न एउटा स्कुलको गार्ड तथा स्थानीय केही मानिसहरूले बाँसघारीमा आगो लागेको देखेपछि तत्कालै अग्निशमन विभाग तथा न्यु जलपाईगढी पुलिसलाई खबर दिए। घटनाको खबर पाएर दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। उक्त बाँसघारी नजिक केही घरहरू लगायत बिजुलीको खाँबो रहेकोले समयमै यदि दमकलको इञ्जिन घटनास्थलमा नआएको भए कुनै अप्रिय घटना हुनसक्ने थियो भनी स्थानीय मानिसहरूले बताए। तथापि, के कारणले गर्दा उक्त आगलागी भएको हो भन्नेबारे हालसम्म थाहा पाएको छैन। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *