सिलगढीको गुरूङ बस्तीबाट नाबालिकाको झुन्डिएको अवस्थामा शव उद्धार

सिलगढी : सिलगढीको प्रधाननगर थाना अन्तर्गत पर्ने गुरूङ बस्ती संलग्न इलाकाको एउटा घरबाट झुन्डिएको अवस्थामा नाबालिकाको शव उद्धार भएको छ। प्राप्त जानकारीअनुसार उक्त नाबालिका घरमा एक्लै थिइन्। आज साँझ आमा-बाबु घरमा आएर हेर्दा झुन्डिरहेको अवस्थामा छोरीको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर प्रधाननगर थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरे भने भोलि शव पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइनेछ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। मृतकका आमाले बताएअनुसार उक्त नाबालिकाले माध्यमिक परीक्षा दिने भएकोले दुई दिन अघि तिनले छोरीलाई पढाई गर्नको लागि कराएकी थिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *