सिलगढीको गुरूङ बस्तीमा बहुमूल्य गरगहनासहित 2 लाख 24 हजार रुपियाँ चोरी

सिलगढी : सिलगढी नगरनिगमको तीन नम्बर वार्डस्थित गुरुङ बस्ती इलाकाको एउटा घरमा हिजो चोरी भएको घटना प्रकाशमा आएको छ। पीडित परिवारको भनाइ अनुसार हिजो छुट्टीको दिन रहेकोले सपरिवार साँझ घुम्न गएका थिए। केही दुष्कृतिहरूले घरमा कोही नरहेको फाइदा उठाएर घरको दैलो भत्काएर घरभित्र रहेको आलमारीबाट लगभग 2 लाख 24 हजार नगद रुपियाँसहित सुन- चाँदीको बहुमूल्य गर-गहना चोरी गरेको बताइएको छ। चोरीको घटनाबारे पीडित परिवारले प्रधान नगर थानामा एउटा अभियोग दर्ता गरेको छ। घटनाको खबर पाएर एसीपी चन्दन दाससहित प्रधान नगर थानाका आईसी घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। यसको साथै प्रधान नगर थानाका आईसीले रातको समयमा थाना अन्तर्गत इलाकाहरूमा पुलिस पेट्रोलिङ बढाउने निर्देश दिएको छ। अर्कोतिर, प्रधान नगर थाना पुलिसले यसभन्दा अघि चोरीको मामिलामा संलग्न रहेका केही व्यक्तिहरूलाई हिरासतमा लिएर सोधखोज शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *