सिलगढीको हैदरपाड़ा स्पोर्टिङ क्लबको खुट्टी पुजा सम्पन्न

सिलगढी : सिलगढीको हैदरपाड़ा स्पोर्टिङ क्लबले खुट्टी पुजाको माध्यमद्वारा दुर्गा पुजाको तयारी शुरू गरेको छ। यस वर्ष सिलगढीको हैदरपाड़ा स्पोर्टिङ क्लबको दुर्गा पुजा 53औँ वर्षमा पाइला टेकेको छ भने यस वर्ष पुजाको थिम आमरा गाई प्रकृतिर गान, बाचाबो सबुज हासबे प्राण रहेको छ। आज पानी-झरीको पर्वाह नगरी क्लबका सदस्यहरूले क्लब परिसरमा खुट्टी पुजा गरे। यस अवसरमा सिलगढी नगरनिगमका डेपुटी मेयर रञ्जन सरकार, मेयर परिषद दुलाल दत्त, माणिक दे, मुन्ना प्रसाद, पिङ्की साहा लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *