सिलगढीको हैदरपाड़ा बजारमा फायरिङ, जाँचमा जुट्यो पुलिस

सिलगढी : सिलगढीको हैदरपाडा बजारमा गोली चलेको घटनालाई केन्द्र गरेर निक्कै सनसनी मच्चियो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार गत राति साढे 10 बजी हैदरपाडा बजारमा दुईजना युवक बाइकमा सवार भएर आएपछि यहाँको एउटा बिरयानी दोकानमा एकजना व्यक्तिसित तिनीहरूको विवाद हुँदा ती दुईमध्ये एकजना युवकले पिस्तोल झिकेर लगभग 3 राउण्ड गोली चलाएको आरोप रहेको छ। यसपछि ती दुई युवक घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। व्यवसायीहरूले घटनाबारे भक्तिनगर थाना पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर इलाकाको सीसीटीभी फुटेजको जाँच गरेर ती युवकहरूको खोजी शुरू गरेको छ। प्राप्त जानकारी अनुसार केही दिन अघि पनि ती दुईजना युवक बाइकमा सवार भएर आइरहेको समय एउटा बिरयानी दोकान अघि कुकुरसित बाइक ठोक्किँदा लडेर युवक घाइते भएका थिए। यसपछि बिरयानी दोकानका कर्मचारीले घाइते युवकलाई दवाई दोकानमा लगेर उपचार गराएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *