सिलगढीको हाकिमपाडामा आगलागी, 1 जनाको मृत्यु

सिलगढी : सिलगढीको हाकिमपाडा नजिक राजा राममोहन राय रोडस्थित एउटा घरमा आगलागी हुँदा 68 वर्षीय प्रभास चन्द्र बलको मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार आज साँझ हाकिमपाडा नजिक राजा राममोहन राय रोडस्थित एउटा घरमा आगलागी हुँदा स्थानीय मानिसहरूले आगलागीबारे दमकल विभागलाई खबर दिएपछि दमकल कर्मीहरू घटनास्थलमा पुगे। उक्त घरबाट जलेको अवस्थामा 68 वर्षीय प्रभास चन्द्र बलको मृतदेह उद्धार गरेर सिलगढी अस्पतालमा पठाएको छ। के कारणले गर्दा उक्त आगलागी भयो भन्नेबारे हालसम्म थाहा लागेको छैन।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *