सिलगढीको हार्डवेयर दोकानमा लाखौँ रुपियाँको चोरी

सिलगढी : सिलगढीको वर्द्धमान रोडस्थित एउटा हार्डवेयर दोकानमा चोरी भएको छ। प्राप्त जानकारीअनुसार हिजो राति दुईजना दुष्कृतिले उक्त दोकानको भेन्टिलेटर भत्काएर दोकानभित्र पसेर क्यासबक्सबाट लाखौँ रुपियाँ चोरी गर्नको साथै त्यहाँ राखिएको एउटा बक्सा पनि भत्काउने प्रयास गरेको बताइएको छ। आज बिहान दोकान मालिकले दोकान खोल्दा आफ्नो दोकानमा चोरी भएको थाहा पाए। यसपछि तिनले घटनाबारे खालपाडा थानामा अभियोग दर्ता गरेपछि पुलिस घटनास्थलमा पुगेर दोकानमा जडान गरिएको सीसीटीभी फुटेज हेरेर घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *