सिलगढीको हार्डवेयर दोकानमा चोरी

सिलगढी : सिलगढीको आसिघर मोड नजिक रहेको एउटा हार्डवेयर दोकानमा चोरी भएको छ। प्राप्त जानकारी अनुसार प्रत्येक दिन झैँ आज बिहान दोकान खोल्न आउँदा मालिक श्यामल साहाले दोकानमा चोरी भएको थाहा पाए। तिनले दोकानभित्रको सिलिङ भत्केको अवस्थामा रहेको, दोकानको सर-समानहरू छरपस्ट रहेको साथै दोकानमा राखेको क्यास बक्स भत्केको अवस्थामा देखे।  यसपछि घटनाबारे आसिघर आउटपोस्ट पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको बताइएको छ। दोकान मालिक श्यामल साहाले बताएअनुसार आसिघर ईस्टर्न बाइपासको सडकमा अबेर रातिसम्म पुलिसको नाका चेकिङ रहे तापनि यस प्रकारको चोरी घटना घटेकोमा तिनी अवाक छन्। उक्त दोकानबाट एउटा ल्यापटप, नगद राशि लगायत केही सर-समानहरू चोरी भएको छ। यसभन्दा अघि पनि तिनको दोकानमा चोरी भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *