सिलगढी कोइला डिपोस्थित एउटा घरमा डकैती, इलाकावासी आतङ्कित

सिलगढी : सिलगढी नगरनिगमको 7 नम्बर वार्डको कोइला डिपोस्थित एउटा घरमा बदमासहरूले लुटपाट गरेपछि इलाकावासीहरू आतङ्कित बनेका छन्। प्राप्त जानकारी अनुसार गत साँझ 6 बजी कोइला डिपो निवासी एमडी नसीम 2 जना छोरासित आफ्नो दोकानमा थिए भने तिनको स्वास्नी घरमा एक्लै थिइन्। महिला घरमा एक्लै रहेको फाइदा उठाएर नकाब लगाएका 2 जना बदमाशले घरको मूल दैलो ढकढकाउँदा तिनकी स्वास्नीले दैलो खोल्नसाथ ती बदमाशहरूले तिनको घाँटीमा छुरी राखेर घरको सबै लाइट बन्द गरेपछि लुटपाट गरेको बताइएको छ। बदमाशहरूले घरबाट नगद 60 हजार रुपियाँ चोरी गरेर चम्पट कसे। यसपछि स्वास्नीले घटनाबारे लोग्ने एमडी नसीमलाई खबर दिएपछि तिनी तत्कालै घरमा पुगेर घटनाको जानकारी लिए अनि थानामा गएर एउटा लिखित अभियोग दर्ता गरे। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *