सिलगढीको ईस्कन मन्दिरमा रक्तदान शिविरको आयोजना

सिलगढी : अभयचरणारबिन्द भक्तिवेदान्त स्वामी प्रभुपादको 125औँ जन्मजयन्तीको अवसरमा सिलगढीको ईस्कन मन्दिरमा रक्तदान शिविरको आयोजना गरियो। स्वामी प्रभुपादको प्रतिकृति अघि दीप प्रज्ज्वलन गरेर तिनलाई श्रद्धाञ्जलि अर्पण गर्दै कार्यक्रमको शुरूआत गरियो। सिलगढी ईस्कन मन्दिरको पहल एवम् रोटरी क्लबको सहयोगमा आयोजना गरिएको उक्त रक्तदान शिविरमा 100 युनिट रगत संग्रह गर्ने लक्ष्य राखेको छ। यस सम्बन्धमा ईस्कन मन्दिरका जनसंयोग अधिकारी नामकृष्ण दासले बताएअनुसार उक्त रक्तदान शिविरमा साधु-सन्तहरूले स्वेच्छाले रक्तदान गरे। उक्त शिविरमा मुख्य अतिथिको रूपमा दार्जिलिङ रेञ्जका डीआईजी अमित पी जाभालगी उपस्थित थिए। यसको साथै ईस्कन मन्दिर तथा रोटरी क्लबका सदस्यहरू पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *