सिलगढीको ईस्कन मन्दिर रोडबाट लाखौँ रुपियाँको नशालु पदार्थ उद्धार

सिलगढी : सिलगढी नगरनिगमको 40 नम्बर वार्डस्थित ईस्कन मन्दिर रोडको एउटा घरमा राज्य पुलिसको स्पेशन टास्क फोर्स (एसटीएफ)-ले गत राति अभियान चलाएर लाखौँ रुपियाँको नशालु पदार्थसहित नगद रुपियाँ उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार मुर्शिदाबादका केही युवकहरूले ईस्कन मन्दिर रोडमा एउटा घर भाडामा लिएर नशालु पदार्थ बिक्री गर्ने गरेको आरोप रहेको छ।


एसटीएफले यसबारे थाहा पाएपछि गत अबेर राति उक्त घरमा अभियान चलाएर लाखौँ रुपियाँको ब्राउन सुगर उद्धार गर्नको साथै एउटा रुपियाँ गन्ने मसिन र नगद 17 लाख 25 हजार रुपियाँ उद्धार गरेको छ। तथापि उक्त अभियानभन्दा अगावै आरोपी युवकहरू घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। आरोपी युवकहरूको खोजी शुरू गरेको एसटीएफ सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *