सिलगढीको जनताप्रति आभारी छौँ, यसको ऋण ब्याज सहित चुकाउनेछौँ: अरूप विश्वास

सिलगढी: हामी सिलगढीवासीको आभारी छौँ, हामी तिनीहरूको ऋणी छौँ। यसैले आगामी 5 वर्षमा विकासको माध्यमद्वारा यसको ब्याज तिर्नुपर्नेछ। सिलगढी नगरनिगममा तृणमूल कङ्ग्रेसले बोर्ड गठन गरेपछि राज्यका मन्त्री अरूप विश्वासले यस प्रकारको मन्तव्य पोखे। राज्यको 108 वटा नगरपालिकामा आगामी 27 फरवरीमा मतदान हुने भएको छ। यसभन्दा अगावै आज जलपाईगढीमा चुनाउ प्रचार गर्न अरूप विश्वास सिलगढी आइपुगेका छन् भने साँझमा तिनले सिलगढीबाट जलपाईगढीतर्फ प्रस्थान गरे। तृणमूलले सिलगढी नगरनिगम बोर्ड गठन गरेकोमा तिनले सहरवासीप्रति आभार प्रकट गर्दै नयाँ मेयर तथा चेयरम्यानलाई बधाई पनि दिए। अर्कोतिर, संवर्द्धना कार्यक्रममा विपक्षी पार्टी सामेल नभएकोमा मन्त्री विश्वासले भने, सिलगढी हाम्रो आमा हो। आमालाई स्वस्थ राख्नु सबैको जिम्मेवारी रहेकोले सबैजना एकजुट भएर सहरको विकासको लागि काम गर्नुपर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *