सिलगढीको जङ्क्शन एनबीएसटीसी बस स्ट्यान्डबाट 933 ग्राम सुन उद्धार, घटनामा 2 जना पक्राउ

सिलगढी : इन्डो-म्यान्मार बर्डरबाट सिलगढी हुँदै पटनामा सुनको तस्करी गरिरहेको आरोपमा डीआरआई टोलीले 2 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा झारखण्ड निवासी शहदात हुसेन (51) र जलपाईगढीको दिनबजार निवासी सुरेन्द्र कुमार साह (59) सामेल छन्। प्राप्त जानकारी अनुसार इन्डो-म्यान्मार बर्डरबाट सिलगढी हुँदै पटनामा सुनको तस्करी गरिरहेको गोप्य सुइँको पाएपछि डीआरआई टोलीले अभियान चलाएर जङ्क्शन एनबीएसटीसी बस स्ट्यान्डमा शहदात खान नाम गरेको एकजना व्यक्तिलाई सन्देहको आधारमा छानबीन गर्दा एउटा ब्यागबाट सुनको 2 वटा बिस्कुट उद्धार गरेको बताइएको छ।  यसपछि डीआरआईले शहदातलाई हिरासतमा लिएर सोधखोज गर्दा उक्त 2 वटा सुनको बिस्कुट जलपाईगढी दिनबजार निवासी सुरेन्द्र कुमार साहलाई दिनको लागि ल्याएको बताए। उक्त सुन दिएपछि सुरेन्द्र कुमार साहले तिनलाई 32 लाख 29 हजार 500 रुपियाँ दिइने बताए। शहदातको बयानको आधारमा डीआरआईले गत राति जलपाईगढी दिनबजारबाट सुरेन्द्र कुमार साहलाई सिलगढी ल्याएर सोधखोज गर्दा शहदातले तिनलाई सुन दिने कुरा स्वीकारे। सुनको बद्ली शहदातलाई 32 लाख 29 हजार 500 रुपियाँ दिएपछि उक्त सुन पटना पुर्‍याउने तिनले बताए। डीआरआईले मोठ 933 ग्राम सुनको 2 वटा बिस्कुट, तीनवटा मोबाइल उद्धार गर्नको साथै सुरेन्द्र कुमार साहबाट नगद 32 लाख 29 हजार 500 रुपियाँ उद्धार गरेको बताइएको छ। जफत गरेको उक्त सुनको अनुमानित बजार मूल्य 48 लाख 70 हजार 447 रुपियाँ रहेको छ। डीआरआईले शहदात हुसेन र सुरेन्द्र कुमार साहविरुद्ध सुन तस्करी गरेको मामिला दर्ता गरेर आज दुवैलाई सिलगढी अदालतमा पेश गर्यो। डीआरआई-ले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *