सिलगढीको जङ्क्सन ट्राफिक गार्डद्वारा बाइक पेट्रोलिङ

सिलगढी : साधारण मानिसहरूलाई ट्राफिक नियमप्रति जागरूक गराउने उद्देश्य लिएर सिलगढीको जङ्क्सन ट्राफिक गार्डको तर्फबाट बाइक पेट्रोलिङ शुरू गरियो। कोरोना संक्रमणको मामिला केही कम्ती हुँदै गइरहेकोले गर्दा हाल लकडाउन अवधि केही छुट दिएकोले स्वाभाविक रूपमा सहरको सडकहरूमा जामको समस्या देखिन थालेको छ। यसको साथै केही मानिसहरूले हेलमेट बिनै बाइक लिएर सडकमा यातायात गरिरहेकोले गर्दा पुलिसले उक्त अभियान शुरू गरेको बताइएको छ। आज सिलगढी जङ्क्सन ट्राफिक गार्डको तर्फबाट बाइक पेट्रोलिङको माध्यमद्वारा दार्जिलिङ मोड़, चम्पासारी मोड़ लगायत सहरको विभिन्न सड़कहरूमा मानिसहरूलाई ट्राफिक नियमहरूबारे अवगत गराइयो। यसबाहेक सड़कहरूमा गरिने अवैध पार्किङ विरुद्ध पनि मानिसहरूलाई जागरूक गराइयो। हेलमेट बिनै बाइक चलाउने साथै सड़कमा अवैध पार्किङ गर्नेहरूविरुद्ध कठोर कार्वाही गरिने जङ्क्सन ट्राफिक पुलिसले चेताउनी दिएका छन्। उक्त अभियान लगातार जारी रहने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *