सिलगढीको ज्योतिर्मय कोलनीमा उपस्वास्थ्य केन्द्रको निर्माण कार्यको शिलान्यास

सिलगढी : सिलगढी नगरनिगमको 32 नम्बर वार्डको ज्योतिर्मय कोलनीमा उपस्वास्थ्य केन्द्रको निर्माण कार्यको आज शिलान्यास गरियो। सिलगढी नगरनिगमको 32 नम्बर वार्डको ज्योतिर्मय कोलनीको निचपाडा निवासीहरूले दीर्घदिनदेखि इलाकामा एउटा स्वास्थ्य केन्द्रको निर्माण गरिनुपर्ने माग गर्दै आइरहेका थिए। चुनाउ अघि पनि इलाकावासीहरूलाई यहाँ एउटा स्वास्थ्य केन्द्र निर्माण गरिदिने वाचा गरेको थियो। यसै वाचालाई पुरा गर्दै 28 लाख रुपियाँको लागतमा काउन्सिलर तापस च्याटर्जीको पहलमा इलाकामा स्वास्थ्य केन्द्रको निर्माण कार्य आजदेखि शुरू गरिएको छ।  4 नम्बर बोरो चेयरम्यान जयन्त साहाले उक्त उपस्वास्थ्य केन्द्रको आज शिलान्यास गरे। यस विषयमा काउन्सिलर तापस च्याटर्जीले भने, इलाकावासीलाई राम्रो उपचार उपलब्ध गराउने उद्देश्य लिएर उक्त उप स्वास्थ्य केन्द्रको निर्माण गरिरहेको छ। आगामी 6 महीनाको अवधिमा दुई तल्ले भवन पूर्ण रूपमा निर्माण गरिनेछ। यसको साथै दक्ष डाक्टरहरूले उक्त उपस्वास्थ्यमा मानिसहरूको उपचार गर्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *