सिलगढीको कञ्चनजङ्घा स्टेडियममा सरस मेलाको उद्घाटन

सिलगढी : सिलगढीको कञ्चनजङ्घा स्टेडियममा तेस्रो दार्जिलिङ सरस मेलाको आज उद्घाटन गरियो। मेलाको उद्घाटन कार्यक्रममा राज्यका पञ्चायत मन्त्री सुब्रत मुखर्जी, श्रम राज्य मन्त्री गुलाम रब्बानी, सिलगढी महकुमा परिषदका सभाधिपति तापस सरकारलगायत अन्य व्यक्तिहरू उपस्थित थिए। उक्त मेला आगामी 3 फरवरीसम्म चल्नेछ। मेलामा राज्यका विभिन्न जिल्लाहरूबाट आएका स्वनिर्भर समूहको तर्फबाट स्टल लगाइएको स्टलमा घरमा सजाइने विभिन्न सामग्री, खाद्य सामग्रीहरू, गर-गहना आदि राखिएको छ। श्रम राज्य मन्त्री गुलाम रब्बानीले गत वर्ष यस मेलामा लगभग 1 करोड़ 20 लाख रुपियाँको व्यापार गरिएको बताए। पञ्चायत मन्त्री सुब्रत मुखर्जीले उत्तरबंगालमा यस मेलालाई मानिसहरूले निक्कै मन पराएको साथै सबैलाई उक्त मेला घुम्न आउने आहवान पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *