सिलगढीको कञ्चनजङ्घा स्टेडियमलाई नयाँ रूपमा सजाइने, गौतम देवद्वारा स्टेडियमको निरीक्षण

सिलगढी : सिलगढीको कञ्चनजङ्घा स्टेडियमलाई नयाँ रूपमा सजाइने सिलगढी नगरनिगमले पहल गरेको छ। यसैले आज सिलगढी नगरनिगमका मेयर गौतम देवले स्टेडियम परिसरको निरीक्षण गरे। आगामी 5 वर्षको लागि कञ्चनजङ्घा स्टेडियमको दायित्व सिलगढी नगरनिगमलाई सुम्पिएको छ। हाल कञ्चनजङ्घा स्टेडियम जर्जर अवस्थामा रहेकोले यसलाई नयाँ रूपमा सजाउने सिलगढी नगरनिगमले पहल गरेको छ। यसबारे मेयर गौतम देवले एउटा बैठक पनि गरे। कञ्चनजङ्घा स्टेडियमको निरीक्षण गरेर तिनले कता कुन कार्य गर्न आवश्यक रहेको छ भन्ने विषयमा जाँच गरे। यस अवसरमा मेयर गौतम देवले भने, मुख्यमन्त्री ममता ब्यानर्जीले कञ्चनजङ्घा स्टेडियमलाई नयाँ रूपमा सजाउने चाह रहेकोले गर्दा नगरनिगमको तर्फबाट यसलाई नयाँ रूपमा सजाइनेछ। यहाँको मैदानदेखि लिएर ड्रेसिङ रूम, ग्यालेरी, हल पार्किङ लगयात सबैलाई नयाँ रूपमा सजाइनेछ। यसबाहेक स्टेडियम परिसरलाई नो होडिङ जोन गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *