सिलगढीको कञ्चनजङ्घा फुटबल टीम शिलङ प्रस्थान

सिलगढी (निसं): उत्तर बङ्गालकै एउटा चर्चित फुटबल क्लब केएफसी (कञ्चनजङ्घा फुटबल क्लब)-को टोली शिलङमा आयोजना गरिने ब्लु रिबन ट्रफी इन्भिटेशनल फुटबल टुर्नामेन्टमा अंशग्रहण गर्न शिलङ प्रस्थान गरेको छ । टीमको सह प्रशिक्षकद्वय सञ्जय छेत्री र रोल्याण्ड सुब्बाको अगुवाइमा रहेको उक्त टीममा जम्मा 20 जना खेलाडीहरू रहेका छन् । केएफसी-ले आगामी 10 नोभेम्बर शुक्रबार क्वार्टर फाइनल म्याच शिलाङको एउटा प्रतिष्ठित क्लबसित खेल्ने छ। उक्त म्याच जितेको खण्डमा सेमिफाइनल म्याच 13 जनवरीको दिन खेलाइने भएको टीमका कार्यकारी अध्यक्ष सुरेन प्रधानले जानकारी गराएका छन्। तिनले दिएको जानकारी अनुसार उक्त प्रतिष्ठित फुटबल टुर्नामेन्टको विजेता टोलीलाई 8 लाख अनि उप विजेतालाई 5 लाख नगद राशी सहित आर्षक ट्रफी प्रदान गरिने छ।


केएफसी टीमका लागि आउने-जाने लगायत अन्य सबै प्रकारको व्यवस्था टुर्नामेन्टको आयोजक समितिले नै मिलाएको तिनले जानकारी गराउँदै यस प्रकारको एउटा प्रतिष्ठित टुर्नामेन्टमा टीमले अन्य राज्यमा गएर अंशग्रहण गर्नु पाउनु धेरै राम्रो कुरा रहेको बताएका छन्। यसको साथै केएफसी-ले यसपछि फेरि उडिस्सामा आयोजना गरिने एउटा उच्च स्तरीय टुर्नामेन्टको लागि पनि निमन्त्रणा पाएको सुरेन प्रधानले जानकारी दिएका छन्। टीमलाई जितको लागि प्रोत्साहन दिन टोलीका प्रमुख कोच दिनकर छेत्री र कार्यकारी अध्यक्ष सुरेन प्रधान पनि शिलङ प्रस्थान गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *