सिलगढीको कञ्चनजङ्घा स्टेडियममा रक्षा बन्धन पर्व पालन

सिलगढी : पश्चिमबंग सरकारको युवा कल्याण तथा क्रीडा विभागको पहलमा सिलगढीको कञ्चनजङ्घा स्टेडियममा रक्षा बन्धन पर्व पालन गरियो। कार्यक्रममा मुख्य अतिथिको रूपमा सिलगढी नगरनिगमका मेयर गौतम देव उपस्थित थिए। मेयर देवले दीप प्रज्ज्वलन गरेर कार्यक्रमको शुरूआत गरियो। यसपछि विद्यार्थीहरू लगायत अन्यले मेयर देवलाई राखी बाँधिदिए। रक्षा बन्धन पर्वको अवसरमा विविध सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *