सिलगढीको कञ्चनजङ्घा स्टेडियममा ‘डग शो’-को आयोजना

सिलगढी : नर्थ बङ्गाल एक्सोटिक पेट एसोसिएशनले भेलेन्टाइन डे-मा डग शो आयोजित गरेर घरमा पालेको जनावरप्रति प्रेम बढ़ाउने पहल गरेको छ। नर्थ बङ्गाल एक्सोटिक पेट एसोसिएशनद्वारा सिलगढीको कञ्चनजङ्घा स्टेडियममा आयोजना  गरेको डग शो-मा उत्तर बङ्गालभरिकै धेरैवटा कुकुरलाई ल्याइएको छ। सिलगढी सहरमा पहिलोपल्ट भव्य रूपमा डग शो-को आयोजना गरिएकोले डग प्रेमीहरू निक्कै खुशी छन्। कुकुरको मालिकहरूले आज बिहानैदेखि आ-आफ्नो कुकुर लिएर कञ्चनजङ्घा स्टेडियममा आइपुगेका थिए भने कसैले आफ्नो इच्छाअनुसार कुकुरलाई शृङ्गारेको थियो। उक्त प्रदर्शनीपछि पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान ओगट्ने विजेतालाई नगद पुरस्कार दिइने भएको छ। एसोसिएशनका सजल भवालले डग शो-लाई अभूतपूर्व प्रतिक्रिया पाइरहेको साथै भेलेन्टाइन डे-मा मानिसहरू र घरमा पालेको जनावरमाझ प्रेम बढाउने प्रयास गरिएको तिनले बताए। डग शो-लाई लिएर आफूहरू निक्कै आशावादी रहेको साथै आगामी दिनमा पनि डग शो गर्न चाहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *