सिलगढीको कञ्चनजङ्घा स्टेडियममा ‘डग शो’-को आयोजना गरिने

सिलगढी : नर्थ बंगाल एक्सोटिक पेट एसोसिएशनको तर्फबाट भोलि 14 फरवरीको दिन डग शो-को आयोजना गर्ने भएको छ। सिलगढीको कञ्चनजङ्घा स्टेडियममा एक दिवसीय डग शो-को आयोजना गर्ने भएको छ। एसोसिएशनका सजल भवालले बताएअनुसार उक्त डग शो-मा अंश ग्रहण गर्नको लागि उत्तर बंगालको विभिन्न ठाउँहरूबाट मानिसहरूले आफ्नो कुकुरहरू लिएर आइरहेका छन्। उक्त शो-मा चार विजेतालाई नगद पुरस्कारद्वारा सम्मानित गरिनेछ भने सबै प्रतिभागीहरूलाई सान्त्वना पुरस्कारको व्यवस्था गरिएको तिनले बताए। डग शो-को जज कोलकाताबाट आउनेछन्। उक्त शो-मा भाग लिन चाहने प्रतिभागीहरूले 400 रुपियाँ रजिस्ट्रेशन फीस तिर्नु पर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *