सिलगढीको कञ्चनजङ्घा स्टेडियममा पाड़ाय शिक्षालय खोल्नको लागि निरीक्षण

सिलगढी: सिलगढीको कञ्चनजङ्घा स्टेडियममा पाड़ाय शिक्षालय खोल्ने बारे विचार गरिँदैछ। राज्य भरिमैं आगामी 7 फरवरीदेखि पाड़ाय शिक्षालय शुरू हुने भएको छ। यसैले गर्दा हाल विभिन्न ठाउँमा खुल्ला मैदानको खोजी गरिँदैछ। प्राइमेरी शिक्षा संसदका अधिकारीहरूले आज सिलगढीको कञ्चनजङ्घा स्टेडियमको निरीक्षण गरे। तथापि हालसम्म यसबारे कुनै अन्तिम निर्णय लिएको छैन्। प्राप्त जानकारी अनुसार केही प्राइमेरी स्कूलका विद्यार्थीहरूको निम्ति स्टेडियमको मेला मैदान पछिल्तिर अनि ग्यालरीमा शिक्षालय बनाइने छ, जहाँ विद्यार्थीहरूलाई खुल्ला ठाउँको आकाशमुनि पढाइने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *