सिलगढीको कञ्चनजङ्घा स्टेडियममा आजदेखि फुल मेला शुरू

सिलगढी : सिलगढीको कञ्चनजङ्घा स्टेडियमको मेला मैदानमा आजदेखि फुल मेला शुरू भयो। सिलगढी हर्टिकल्चरल सोसाइटीद्वारा आयोजित उक्त 37औँ फुल मेलामा प्रत्येक वर्ष झैँ यस वर्ष पनि विभिन्न प्रकारको फुल, फल र सब्जीहरूको स्टल लगाइएको छ। उक्त मेलामा लगभग 65 वटा नर्सरी स्टल लगाइएको छ।


   

तथापि, वर्तमान परिस्थितिलाई ध्यानमा राखेर यस वर्ष मानिसहरूको भीडबाट जोगिने विशेष व्यवस्था गरिएको छ भने टिकटको मूल्यमा पनि वृद्धि गरिएको बताइएको छ। अर्कोतिर, बिहानैदेखि उक्त फुल मेला खुल्ला राख्ने निर्णय लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *