सिलगढीको कञ्चनजङ्घा स्टेडियममा 3 दिसम्बरदेखि उत्तरबंग पुस्तक मेला शुरू

सिलगढी : आगामी 3 दिसम्बर अर्थात् भोलिदेखि सिलगढीको कञ्चनजङ्घा स्टेडियममा उत्तरबंग पुस्तक मेला शुरू गरिने भएको छ। 39औँ पुस्तक मेलाको चर्चित गायक तथा अभिनेता अञ्जन दत्तले उद्घाटन गर्ने भएका छन्। आज सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर उत्तरबंग पुस्तक मेला कमिटीका सदस्यहरूले यसबारे जानकारी गराएका छन्। 39औँ उत्तरबंग पुस्तक मेलाको थिम आलोकित मानुष चाई अर्थात् प्रबुद्ध मानिस चाहिन्छ रहेको छ। उक्त पुस्तक मेलामा दिल्ली, मुम्बई, इलाहाबाद, कोलकाता लगायत छिमेकी देश बङ्ग्लादेशका संस्थाहरूले पनि आफ्नो स्टलहरू लगाउने बताइएको छ। उत्तरबंग पुस्तक मेलाकका वर्किङ कन्भेनर अलक गणले बताएअनुसार आगामी 3 दिसम्बरदेखि 12 दिसम्बरसम्म उक्त पुस्तक मेला चल्नेछ भने कोरोना सम्बन्धी नियम पालन गर्दै मेलामा मोठ 50 वटा स्टल लगाइनेछ। यसको साथै आगामी 8 दिसम्बरमा पुस्तक मेलाको प्राङ्गणमा नगरनिगमको पहलमा निःशुल्क कोरोना टीकाकरण शिविरको आयोजना गरिने तिनले बताए। उक्त पुस्तक मेलामा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ भने मेलामा प्रवेश गर्नको लागि सबैले अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *