सिलगढीको काश्मिर कोलनीमा महिलाको कङ्काल उद्धार

सिलगढी : सिलगढीको तीनबत्ती संलग्न काश्मिर कोलनी इलाकामा पोखरीबाट आज महिलाको कङ्काल उद्धार भएपछि उक्त इलाकामा सनसनी मच्चियो। प्राप्त जानकारीअनुसार आज बिहान स्थानीय एकजना नानीले काश्मिर कोलनी इलाकाको एउटा पोखरीमा कङ्काल देखेपछि उक्त इलाकामा हो-हल्ला फैलियो। घटनाबारे एनजेपी थाना पुलिसलाई खबर दिएपछि घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर उक्त कङ्काल उद्धार गरेर लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। उक्त कङ्कालको हातमा चुरी रहेकोले कुनै महिलाको कङ्काल हुनसक्ने पुलिसले अनुमान लगाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *