सिलगढीको महानन्दा नदीलाई प्रदूषणमुक्त गर्न विभिन्न स्वयम्‌सेवी संगठन-द्वारा सफाई अभियान

सिलगढी : सिलगढीको महानन्दा नदीलाई प्रदूषणमुक्त गर्ने उद्देश्य लिएर सिलगढीको विभिन्न स्वयम्‌सेवी संगठनले आज सफाई अभियान चलायो। बन्धुचल वेलफेयर एसोसिएसन, विधाननगर वेलफेयर सोसाइटी, स्टुडेन्ड सोसाइटी अफ् सिलगढीका सदस्यहरूले आज महानन्दा नदीमा साफ सफाई गरे। उक्त अभियान अवधि तिनीहरूले  नदीमा फ्याँकिएको प्लास्टिक लगायक विभिन्न फोहोर मैलाहरू सफा गरे। यसको साथै तिनीहरूले हातमा प्लाकार्ड बोकेर महानन्दा नदीलाई बचाउने साथै नदीलाई प्रदूषणमुक्त बनाउने सन्देश पनि दिए। संगठनका सदस्यहरूले भने, सिलगढीको सुन्दरता महानन्दा नदी हो। नदीमा फोहोर-मैला फ्याँक्ने गरेकोले नदी प्रदूषण भइरहेको छ। यसैले आज सिलगढीको विभिन्न संगठनका सदस्यहरूले आज नदीमा सफाई अभियान चलायो।  यसको साथै तिनीहरूले सहरवासीलाई नदीमा फोहोर-मैला नफ्याँकेर डस्बिनमा हाल्ने अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *