सिलगढीको महानन्दा नदीलाई प्रदूषण मुक्त र बचाउनको लागि अघि आए विद्यार्थीहरू

सिलगढी : सिलगढी सहरको माझमा रहेको महानन्दा नदी प्रदूषण साथै दखलले गर्दा लुप्त हुने अवस्थामा पुगिसकेकोले यसलाई बचाउनको निम्ति कतिपय मानिसहरूले ग्रिन बेञ्चसित समेत सम्पर्क गरिसकेको छ। यसै क्रममा महानन्दा नदीलाई बचाउनको निम्ति स्कुले विद्यार्थीहरू समेत अघि आएको छ। महानन्दा नदीलाई प्रदूषण मुक्त साथै दखल मुक्त बनाउन विद्यार्थीहरूले आज हातमा पोस्टर तथा ब्यानरहरू बोकेर यहाँको लाल मोहन मौलिक निरञ्जन घाटमा मानिसहरू समक्ष गुहार लगाए। आज महालयको दिन धेरैजना मानिसहरू पितृहरूको आत्म शान्तिको कामना गर्दै पानी चढाउन महानन्दा नदी किनारमा भेला भएका थिए। यसैलाई ध्यानमा राखेर विद्यार्थीहरूले नदीलाई प्रदूषणबाट बचाउनको लागि मानिसहरूसित अपील गरे। विद्यार्थीहरूले हातमा महानन्दाको चित्र बनाएर नदीलाई बचाउनको लागि मानिसहरूले आहवान गरेको देखियो। विद्यार्थीहरूको भनाइअनुसार नदीको महत्व सबैले जान्दछन् यसैले नदीलाई प्रदूषण मुक्त गर्न साथै नदीलाई बचाउनको लागि यो पहल गरिएको हो। तिनीहरूले नदी प्रदूषणलाई रोक्नको लागि सबैलाई अघि आउने अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *