सिलगढी महात्मा गाँधी मोडको मार्केटमा आगलागी

सिलगढी : सिलगढीको महात्मा गाँधी मोडको मार्केटमा आज बिहान आगलागी हुँदा भागदौड मच्चियो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान स्थानीय एकजना व्यवसायीले मार्केटमा रहेको एउटा वैद्युतिक मिटरबाट धुँवा निस्केको देखेपछि आगलागी भएको थाहा पाए। यसपछि तत्कालै घटनाबारे दमकल विभागलाई खबर दिएपछि दमकलको 2 वटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। घटनाको खबर पाएर 10 नम्बर वार्डका पूर्व काउन्सिलर ज्योत्सना अग्रवाल, भाजपा नेता विकास सरकार लगायत स्थानीय व्यवसायीहरू घटनास्थलमा पुगे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *