सिलगढीको मतिगढास्थित पब एन्ड बार-मा युवतीहरूसित दुर्व्यवहारको आरोप, दुईजना पक्राउ

सिलगढी (निसं): सिलगढीको मतिगढास्थित एउटा पब-मा दुईजना युवतीसित दुर्व्यवहार गरेको मामिला प्रकाशमा आएको छ। ती युवतीहरूसित पब एन्ड बार-का मालिक अनि कर्मचारीहरूले दुर्व्यवहार गरेको आरोप लगाइएको छ। जानकारी अनुसार गत 4 अगस्तमा डांगापुरका दुईजना युवती आफ्नो साथीहरूसित पार्टी गर्नको लागि मतिगढास्थित बियर रिपब्लिक नामक एउटा पब एन्ड बार-मा जाँदा त्यहाँको महिला बाउन्सरले तिनीहरूसित दुर्व्यवहार गरे। युवतीहरूले लगाएको आरोप अनुसार पब एन्ड बार-का मालिक कीरत सिंहले पनि तिनीहरूसित दुर्व्यवहार गरे। यसको साथै पुरूष बाउन्सरले पनि धक्का दिएर तिनीहरू दुवैलाई बाहिर निकाली दिए। उक्त घटना पछि दुवै युवतीले आफ्नो सोशल मीडिया अकाउन्टमा सम्पूर्ण घटनाबारे शेयर गरेपछि केही क्षणमा नै यो पोस्ट भाइरल बन्यो। पोस्ट निक्कै भाइरल भएको देखेपछि बियर रिपब्लिकका मालिक कीरत सिंहले ती युवतीहरूलाई धम्की दिन शुरू गरेको बताइएको छ। यसपछि यी दुईजना युवतीले गत 7 अगस्तको दिन एउटा लिखित अभियोग थानामा दर्ता गरे। यसवाहेक, युवतीहरूले डीसीपी कुंवर भूषण सिंहलाई भेटेर घटनाको जानकारी पनि दिए। यसपछि मतिगढा थाना पुलिसले गत राति कार्वाही गर्दै बियर रिपब्लिकका दुईजना कर्मचारी टिंकू रोजासियो (39) र अमित कुमार सिंघो (31) लाई पक्राउ गरेको छ। उक्त घटना पछि बियर रिपब्लिकका मालिक कीरत सिंह भागेका छन्। तथापि पुलिसले तिनको खोजी गरिरहेको बताइएको छ। पक्रा परेका दुवै जनालाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *