सिलगढीको मतिगढा र भक्तिनगर थाना पुलिसद्वारा बदमाशहरू पक्राउ

सिलगढी: मतिगढा अनि भक्ति नगर थाना पुलिसले सादा पोशाकमा गत राति अपराधिक घटना हुन अगावै 11 जना बदमाशलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत राति लुटपाट गर्ने उद्देश्यले भक्ति नगर थाना अन्तर्गत इन्दिरा गाँधी मैदान इलाका नजिक भेला भएका बदमाशहरूलाई भक्ति नगर थानाको पुलिसले सादा पोशाकमा अभियान चलाएर चार जना बदमाशहरूलाई पक्राउ गरेको छ। पुलिसले तिनीहरूबाट केही धारिलो हतियार पनि उद्दार गरेको छ। पक्रा पर्नेहरूमा मोहम्मद इंतियाज, राकेश विश्वास, उत्तम राय र हर्क बहादुर भुजेल सामेल छन्। अर्कोतिर, मतिगढा पतिराम जोत इलाकामा मतिगड़ा पुलिसले अभियान चलाएर 5 जना बदमाश लाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा अमित थापा, सञ्जय दे, मानव बर्मन, राजा र मनोज दास सामेल छन्। भक्ति नगर र मतिगढा थाना पुलिसले तिनीहरूलाई आज अदालतमा पेश गऱ्यो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *