सिलगढीको मतिगढा ट्रेन लाइन नजिक युवतीको शव उद्धार

सिलगढी : मतिगढामा ट्रेन लाइन नजिकबाट एउटी युवतीको शव उद्धार भएको छ। मृतक युवती चाँदमनी इलाका निवासी 19 वर्षीय रितु लोहारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत साँझ 5 बजी रितु लोहार घरबाट निस्केकी थिइन् भने आज बिहान स्थानीय मानिसहरूले घरदेखि केही पर मतिगढा ट्रेन लाइन नजिक युवतीको शव देखेपछि इलाकामा सनसनी मच्चियो। घटनाको खबर पाएर जीआरपी पुलिस कर्मीहरू घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। ट्रेनको धक्का लागेर उक्त युवतीको मृत्यु भएको हो अथवा हत्या हो भन्नेबारे जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। परिवार सूत्रले दिएको जानकारी अनुसार मृतक युवतीलाई मादक पदार्थ सेवन गर्ने लत लागेको थियो। घटनास्थलबाट पनि केही नशालु सामग्री उद्धार गरिएको छ। युवतीको बाबु प्रेम लोहारले बताएअनुसार आज बिहान छोरीको मृतदेह उद्धार भएको खबर सुनेपछि घटनास्थलमा पुगेर हेर्दा ट्रेन लाइन नजिक रितुको शव रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *