सिलगढीको मिलनपल्ली क्लबको तर्फबाट विविध कार्यक्रमहरू गरिने

सिलगढी (निसं): सिलगढीको मिलनपल्ली क्लबको तर्फबाट आगामी केही दिनसम्म विविध कार्यक्रमहरू आयोजना गरिने भएको छ। उक्त क्लबका सदस्यहरूले आज पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका छन्। प्राप्त जानकारी अनुसार क्लबको तर्फबाट अक्शन ब्रिज प्रतियोगिता आगामी 13 अगस्तदेखि 20 अगस्तसम्म आयोजित गरिने छ। यसैगरी, क्यारम प्रतियोगिता 26-27 अगस्त, 2 सितम्बर चेस प्रतियोगिता आयोजित गरिने भएको छ। यसको साथै आगामी 3 सितम्बरको दिन निःशुल्क स्वास्थ्य जाँच अनि रक्तदान शिविरको आयोजना गरिने भएको छ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *