सिलगढीको मिठाई दोकानहरूमा पार्टीको चुनाउ चिन्ह भएको पोलिटिकल सन्देश

सिलगढी : चारैतिर विभिन्न पार्टीहरूको विधानसभा चुनाउको लागि तयारी तथा चुनाउ प्रचारहरू चलिरहेको समय सिलगढी सहरका दोकानहरूको मिठाईहरूमा समेत यसको प्रभाव परेको देखिएको छ। विशेष गरेर सिलगढीको एउटा मिठाई दोकानमा विभिन्न राजनैतिक दलका चुनाउ चिन्हहरू अङ्कित गरेको विभिन्न प्रकारको मिठाईहरू बिक्रीमा राखिएको छ। चुनाउको समयमा दोकानमा राखिएको उक्त मिठाईहरू धेर बिक्री हुने दोकानेहरूले आशा साँचेका छन्। पङ्कज घोष नाम गरेका एकजना दोकानेले बताएअनुसार आफ्नो दोकानमा विभिन्न राजनैतिक दलका चुनाउ चिन्हहरू अङ्कित गरेको सन्देशको मूल्य 20 रुपियाँ रहेको साथै चुनाउ अवधि यस प्रकारको सन्देश प्रतिदिन 30 वटा बनाइनेछ। उक्त मिठाई किन्नको लागि धेरै मानिसहरू दोकानमा आउने गरेको साथै धेरैजसोले यसको फोटो खिँचेर सोशल मीडियामार्फत् मानिसहरू सामु पुर्‍याइरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *