सिलगढीको मृतप्रायः नदीहरूलाई पुनर्जीवित गर्ने नगरनिगमको पहल

सिलगढी : सिलगढीको धेरैवटा नदीहरू देखरेखको अभावमा नालीमा परिणत भइरहेको छ। यसैले ती मृतप्रायः नदीहरूलाई पुनर्जीवित गर्न सिलगढी नगरनिगमले पहल शुरू गरेको छ। सिलगढीमा फुलेश्वरी जोरापानी लगायत केही नदीहरू बग्ने गर्दछ। हाल जीर्णोद्धार तथा साधारण मानिसहरूको उदासीनताको कारण ती नदीहरू नालीमा परिणत भएकोले गर्दा सिलगढी नगरनिगमले ती नदीहरूलाई पुनर्जीवित गर्ने पहल शुरू गरेको छ। यसैले सिलगढी नगरनिगमका मेयर गौतम देवले आज सिँचाई मन्त्रीसित यसबारे चर्चा-परिचर्चा गरे। आज सिलगढीको 21 र 19 नम्बर वार्ड भएर बग्ने फुलेश्वरी नदी लगायत यसको छेउछाउको इलाकाको मेयरले निरीक्षण गरे। निरीक्षण गरेपछि मेयरले भने, नदीलाई प्रदूषण मुक्त गर्ने उद्देश्य लिएर नदीको ब्रिजहरूमाथि नेट लगाइदिएको छ। तर मानिसहरूमा जनचेतनाको खाँचो छ। कुनै पनि प्रकारले फुलेश्वरी जोरापानी र अन्य मृतप्रायः नदीहरूलाई पुनर्जीवित गरिनेछ। यसको साथै नदी किनारमा सौन्दर्यीकरण पनि गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *