सिलगढीको नदी तटमा अवैध रूपमा निर्माण 30 वटा घर भत्कादियो नगरनिगमले

सिलगढी : ग्रिन ट्रिब्युनलको निर्देशिका अनुसार सिलगढी नगरनिगमले यहाँको 2 नम्बर वार्डको साउथ बाघाजतीन कोलनी इलाका र 3 नम्बर वार्डको गुरूङ बस्तीको नदीको केही तटीय इलाकामा गरिएको अवैध निर्माण भत्काइदिएको छ। सिलगढी नगरनिगमको तर्फबाट आज बिहानैदेखि उक्त क्षेत्रको अवैध निर्माण भत्काउने कार्य शुरू गरिएको थियो। प्राप्त जानकारी अनुसार सिलगढीको 2 र 3 नम्बर वार्डको महानन्दा नदीको तटीय क्षेत्रमा अवैध निर्माण गरेर धेरैजना मानिसहरू बसोबास गर्दै आइरहेका छन्। गत 13 जुलाईमा प्रशासनको तर्फबाट उक्त क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई त्यहाँबाट अन्यत्र जाने निर्देश दिए तापनि हालसम्म त्यहाँका मानिसहरूले बसाई नसरेपछि आज प्रशासनिक अधिकारी तथा विशाल पुलिस वाहिनीको सहयोगमा सिलगढी नगरनिगमले अवैध रूपमा निर्माण गरिएको लगभग 30 वटा घर भत्काइदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *