सिलगढीको नशा मुक्ति केन्द्रमा युवकको रहस्यमय मृत्यु, परिवार पक्षबाट हत्याको आरोप

सिलगढी: सिलगढी नगर निगमको 46 नम्बर वार्ड संलग्न देवीडांगास्थित दिशा फाउन्डेशन नामक एउटा नशा मुक्ति केन्द्रमा नशाको लतमा डुबेका युवक सुमन ब्यानर्जीको शव रहस्यमय ढङ्गमा उद्धार गरिएको छ। मृतकको परिवारले दिशा फाउन्डेशन नामक नशा मुक्ति केन्द्रमाथि सुमन ब्यानर्जीको हत्या गरेको आरोप लगाएको छ। प्राप्त जानकारी अनुसार बाघडुग्रा गोसाईपुर निवासी सुमन ब्यानर्जी नशाको लतमा परेकोले तिनलाई यस लतबाट छुटाउन तिनको परिवारले देवीडांगा स्थित दिशा फाउन्डेशन नशा मुक्ति केन्द्रमा गत तीन दिन अघि मात्र भर्ना गरेको थियो। मृतक सुमनका पिता साधन ब्यानर्जीले बताए अनुसार तिनका छोरा नशाको लतमा लागेकोले यसबाट छोडाउन तिनलाई दिशा फाउन्डेशनमा भर्ना गरेको थियो तर हिजो साँझमा दिशा फाउन्डेशनको तर्फबाट सुमनले झुन्डिएर आत्महत्या गरेको बारे खबर दिइयो। यसपछि परिवारका सदस्यहरूसितै अन्य त्यहाँ पुग्दा बाथरूममैं झुन्डिएको अवस्थामा देखे। साधन ब्यानर्जीले दिशा फाउन्डेशनका मानिसहरूले नै तिनका छोराको हत्या गरेर झुन्ड्याएपछि आत्महत्या गरेको आरोप लगाएका छन्। यसबारे मृतकको परिवार पक्षबाट दिशा फाउन्डेशन नशा मुक्ति केन्द्र विरूद्ध थानामा मामिला दर्ता गरिने जानकारी दिएको छ।  अर्कोतिर, दिशा फाउन्डेशन नशा मुक्ति केन्द्रको तर्फबाट मृतक सुमनको परिजनहरूद्वारा लगाइएको आरोप झुटो रहेको दावी गरेको छ। प्रधान नगर थाना पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाइ दिनको साथै घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetcratosroyalbet girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino girişmeritkingmeritking Built with ❤︎ by appycodes