सिलगढीको नयाँ बजारमा आग्नेयास्त्र देखाएर लुटपाट, एकजना पक्राउ

सिलगढी : सिलगढीको नयाँ बजारमा लुटपाट गरेर भागिरहेका एकजना दुष्कृतिलाई पक्राउ गरिएको छ। प्राप्त जानकारीअनुसार आज दिउँसो नयाँ बजारमा केही दुष्कृतिहरूको एउटा टोलीले आग्नेयास्त्र देखाएर लुटपाट गरेपछि घटनास्थलबाट भागिरहेको समय नयाँ बजारका केही युवकहरूले तीमध्ये एकजनालाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका व्यक्तिबाट एउटा एउटा आग्नेयास्त्र पनि उद्धार गरिएको छ। तथापि, उक्त आग्नेयास्त्र असली हो अथवा नकली भन्नेबारे जाँच गरिरहेको छ। घटनाको खबर पाएर सिलगढी पुलिस र सिलगढी पुलिस कमिश्नरेटको स्पेशल अपरेसन ग्रुप घटनास्थलमा पुगेर मामिलाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *