सिलगढीको नयाँ बजारमा चोरको रगरगी, एकजना चोर पक्राउ

सिलगढी : सिलगढीको नयाँबजार, खालपाड़ा इलाकामा चोरको रगरगी बढ्दै गइरहेको छ। रात परेपछि चोरहरूले उक्त इलाकाको लोहाको समान, एल्मुनियमको समानहरू चोरी गर्ने गरेको बताइएको छ। सिलगढी 9 नम्बर वार्डको पूर्व काउन्सिलर प्रदीप गोयलले आज एकाबिहानै एकजना चोरलाई पक्रेर पुलिसलाई सुम्पिदिए। प्राप्त जानकारी अनुसार केही दिनदेखि उक्त इलाकाको विभिन्न घरहरूबाट विभिन्न सामग्रीहरू चोरी भएको बताइएको छ। हिजो रातिदेखि पूर्व काउन्सिलरले उक्त इलाकामा नजर राखिरहेका थिए भने आज बिहानै तिनले एकजना चोरलाई पक्राउ गरे तापनि त्यहाँबाट भागेर उक्त चोर एसएफ रोडमा गए। यसपछि तिनले एसएफ रोडबाट चोरलाई पक्राउ गरेर पुलिसलाई सुम्पिदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *